नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले ट्रेनी एसिस्टेन्ट, एसिस्टेन्ट, अफिसर र म्यानेजर गरी केही संख्यामा कर्मचारी माग गरेको हो।
ट्रेनी एसिस्टेन्टले वित्त, अर्थशास्त्र, व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपनेर्छ।
एसिस्टेन्टले वित्त, अर्थशास्त्र, व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गर्नुका साथै सम्बन्धित क्षेत्रमा १ वर्षको अनुभव हुनु पर्नेछ।
यस्तै, अफिसर लेभलमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन/वित्त/अर्थशास्त्र वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने पुँजी बजार/लगानी बैंकिङ/बैंकिङ क्षेत्रको २ वर्षभन्दा बढीको अनुभव हुनु पर्नेछ।
म्यानेजर लेभलमा आवेदन दिने इच्छुकल मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन/वित्त/अर्थशास्त्र वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर तह वा सिए उत्तीर्ण गरेको हुनु पर्नेछ।
यस्तै, पुँजी बजार/लगानी बैंकिङ/बैंकिङ क्षेत्रको ५ वर्षभन्दा बढी अनुभव भएको हुनु पर्नेछ। पुँजी बजार/व्यापारी बैंकिङ/धितोपत्र व्यवसायमा पहिले नै काम गरिसकेकाहरूलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
इच्छुकले जेठ २४ गतेसम्म आवेदन दिन सक्नेछन्।