वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ।
कम्पनीले बौद्ध, थली, बनेपा, कालीमाटी, ललितपुर, चैनपुर गाईघाट, महेन्द्रनगर, सिन्धुली र लालबन्दीका लागि केही संख्यामा सेल्स रिप्रेजेन्टेटिभ माग गरेको हो।
इच्छुक इन्टरमिडिएट उत्तीर्ण गरेको वा स्नातक तह पढ्दै गरेको हुनुपर्नेछ।
साथै, सम्बन्धित कामको ६ महिनाको अनुभव हुनु पर्नेछ। सवारीसाधनको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।
इच्छुकले वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन्।