सिद्धार्थ बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले सिनियर नेटवर्क एडमिनिष्ट्रेटर र नेटवर्क एडमिनिष्ट्रेटर पदको लागि कर्मचारी मागेको हो।
इच्छुकले सूचना प्रविधि/कम्प्युटर विज्ञान/कम्प्युटर इन्जिनियरिङ क्षेत्रमा न्यूनतम ५० प्रतिशत अंकसहित स्नातक तह वा सिजिपिए २.५ ल्याएर उत्तीर्ण भएको हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।
महिलाको हकमा उमेर ३५ वर्ष र पुरुषको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।
इच्छुकले वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्।