श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफूले मलेसिया तथा खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाँदा व्यवस्था गरिएको शून्य लागत खारेज गरिहाल्ने नभनेको बताएका छन्।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री भण्डारीले यस विषयमा अध्ययनका लागि टास्कफोर्स गठन गरेको बताए।
‘१० हजार शुल्क तोकेको छ। ९८ प्रतिशत पालना भएको छैन। हामी अन्तर्राष्ट्रिय अभ्यास हेरेर समस्या सामाधान गर्छौं,’ उनले भने।
श्रम सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा पनि चुनौती रहेको बताए।
ठगी नियन्त्रणका लागि सहयोग गर्न उनले सबैलाई आग्रह गरे।