श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले श्रमिकहरूको हकहितमा प्रशस्तै काम सुरू भएको बताएका छन्।
सोमबार अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा सम्पूर्ण श्रमजिवीहरूलाई शुभकामनाा दिँदै मन्त्री भण्डारीले श्रमिकहरूको हकहितका लागि नेपालले अनुमोदन गरेका अभिसन्धिहरूको प्रभावकारी कार्यान्वय गर्ने प्रतिवद्धता जनाए।
कामको खोजीमा विदेशिएका नेपाली श्रमिकहरूको रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने उनले बताए।