मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसनले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्र अनुगमन गरेका छन्।
शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटपछि उनले सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको अनुगमन गरेका हुन्।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण विभिन्न ३६ संस्थाले गर्दै आएका छन्। अनमोल मेडिकल सेन्टर ३६ संस्था मध्येकै एक हो।
स्वास्थ्य परीक्षण गुणस्तरीय बनाउन गृहमन्त्री सैफुद्दिनले अनुगमन गरेको बताइएको छ।
स्वास्थ्य व्यवसायीहरूले मलेसियाका स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरी श्रमिकहरूको स्वास्थ्य परीक्षण गरिएको धारणा व्यक्त गरे।