नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने बताएका छन्।
मन्त्रालयमा पदबहालीका क्रममा अर्यालले देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा बाध्यताले जाने अवस्था शून्यमा पुर्याउने बताएका हुन्।
नेपालीहरूलाई स्वदेशमै आत्मसम्मानसहितको रोजगारी उपलब्ध गराउने समेत उनले प्रतिवद्धता जनाए।
वैदेशिक रोजगारमा दक्ष श्रमिकहरू पठाउने पनि उनले उल्लेख गरे।
अदक्ष श्रमिक विदेश जाँदा दुःख पाइरहेको उनले बताए।
नवनियुक्त श्रममन्त्री अर्याल सामु छन् यस्ता चुनौती