भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ।
आज गोरखापत्रमा सूचना निकालेर अस्पतालले कल्सल्टेण्टदेखि स्टाफ नर्ससम्म गरी ५३ जना माग गरेको हो।
खुला तथा समावेशी प्रतियोगिताद्वारा परीक्षा लिई स्थायी रूपमा पदपूर्ति गर्न लागिएको अस्पतालले जनाएको छ।
लोक सेवा आयोगबाट गत पुस १९ मा सहमति लिई आवेदन खुला गरिएको हो। अबको २१ दिनभित्र आवेदन दिन सकिन्छ।
अस्पतालले कल्सल्टेण्ट, रजिष्ट्रार, मेडिकल फिजिसिष्ट, इन्जिनियर, टेक्निसियन र स्टाफ नर्सलगायत पदमा आवेदन माग गरेको छ।