श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आप्रवासी श्रमिकहरूका क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला निकायहरूले अन्तर्राष्ट्रिय आप्रवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने भएका छन्।
‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नाराका साथ दिवस मनाउन लागिएको हो।
संयुक्त राष्ट्रसंघको महासभाले आप्रवासी सरोकारको दस्तावेज पारित गरेको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रूपमा मनाउने गरिएको छ।
नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक लगायत सबै सरोकारवालाहरूले संयुक्त रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।
यो पटक पनि १६ं डिसेम्बरदेखि २२ डिसेम्बरसम्म उपत्यका तथा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो।
सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारीको सुनिश्चितताका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।