नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीको पदावधि ३ महिना थप हुने भएको छ। बोर्डको कार्यकारी समितिले नयाँ कार्यकारी छनौट भएर आउन केही समय लाग्ने भएकाले जोशीको कार्यकाल तीन महिना थप गर्ने भएको हो।
बोर्डले जोशीको कार्यकाल थप गर्ने निर्णय गरेपनि त्यसमा सबैको हस्ताक्षर हुन बाँकी रहेको स्रोतले जानकारी दियो। पुस ८ गते कार्यकाल सकिने जोशी अब चैत १५ गतेसम्म काम गर्न पाउने छन्।
भ्रमण वर्षको मुखमै बोर्ड सिइओ बिहिन हुने भएपछि जोशीको कार्यकाल थप गरिएको हो।
'जनवरी १ देखि भ्रमण वर्ष सुरु हुन्छ। तर अहिलेका सिइओको कार्यकाल डिसेम्बर २४ मै सकिन्छ। नयाँ सिइओ आउन केही समय लाग्छ। त्यसैले यो प्रक्रियाबाट सिइओ नआउन्जेल थप गर्ने निर्णय भएको हो' बोर्ड सम्बद्ध स्रोतले भन्यो।
बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरुले कम्तिमा १ वर्षका लागि जोशीको कार्यकाल थप गर्नुपर्ने अडान लिएका थिए। तर सरकारी कोटबाट प्रतिनिधित्व गर्नेले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।
बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्। अहिले सचिव केदारबहादुर अधिकारी छन्।
बोर्डले नयाँ सिइओ छनौटका लागि आजैमात्र विज्ञापन प्रकाशित गरेको छ। विज्ञापनअनुसार अवको २१ दिन आवेदन दिने अन्तिम म्याद रहेको छ। त्यसपछि छनौट उपसमितिले ३ जनाको नाम बोर्ड समक्ष सिफारिस गर्छ। यो प्रक्रिया कम्तिमा २ महिना लाग्ने छ।
यो पनि