काठमाडौं मेडिकल कलेज (केएमसी)मा रोजगारीको अवसर खुलेको छ।
अस्पतालले ५० जना फार्मेसी स्टाफ र १०० जना स्टाफ नर्स गरी १५० जना कर्मचारी गरेको हो।
फार्मेसी स्टाफमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट डि फर्मा, बि फर्मा वा एम फर्मा उत्तीर्ण गरेको हुनुपर्नेछ।
सम्बन्धित काममा अनुभव भएकालाई प्राथमिकता दिइने अस्पतालको भनाइ छ।
यस्तै, नर्सिङ विषयमा आवेदन दिने इच्छुकले बिएन वा बिएससी नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, क्रिटिकल केयर युनिटमा न्यूनतम १ वर्षको अनुभव हुनु पर्नेछ।
इच्छुकले जेठ ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।