नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)का लागि आवेदन खुला भएको छ। अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ सिइओ छनौटको प्रक्रिया अघि बढेको हो।
सरकारी निजी साझेदारी मोडलमा स्थापना भएको यो संस्थाको सिइओ हुनका लागि अबको २१ दिनभित्र आवेदन दिइसक्नुपर्छ।
प्रकाशित विज्ञापनअनुसार सिइओ हुनका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर उत्तिर्ण भएको हुनुपर्छ। कुनै पनि अपराधिक वा फौजदारी अभियोग नलागेको व्यक्ती हुनुपर्ने छ।
पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अभुनव भएकाले आवेदन दिनसक्ने यसमा छनौट हुनका लागि व्यावासायिक प्लान तथा भाषागत दक्षता पनि हुनुपर्छ।
सिइओका लागि आवेदन दिनका लागि शुल्क नै ५ हजार रुपैयाँ तोकिएको छ।
चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिइओले सेवा सुविधा तथा तलब आकर्षक हुन्छ।
पर्यटन बोर्डले सिइओ छनौट गर्न गठित समितले आवेदकहरुमध्येबाट तीनजनाको नाम सिफारिस गर्ने छ। त्यसमध्येबाट समितिले १ जनालाई सिइओ नियुक्ती गर्ने छ।
बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्।
सिइओ नियुक्त भएपछि सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानूनी व्यवस्था छ।
पर्यटन बोर्डको सिइओ आकर्षक पद मानिन्छ। देशविदेश भ्रमणको अवसर। आकर्षक टिएडिए। पाँचतारे सुविधा जस्ता यो पदका आकर्षण हुन्। अहिलेकै अवस्थामा पनि करिब ३ लाख मासिक तलब हुने यो पदमा धेरैको आकर्षण छ।