नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको निर्वाचनमा लोकतान्त्रित समुहको प्यानलै बिजयी भएको छ।
सघंको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतान्तरले पराजित गर्दै बिष्णु प्रसाद गैरे निवार्चित भएका हुन्। गैरेले कुल ३ सय ३० मत ल्याई बिजयी भएका हुन्।
त्यस्तै संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्धितिय उपाध्यक्षमा कमल देव मल्ल, तृतिय उपाध्यक्षमा किशोर कुमार के.सी, महासचिवमा सजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल, कोषाध्यक्षमा ईन्दीरा गुरुङ, सदस्य पदमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर इजम र लक्ष्मण पौडेल निर्वाचित भएका हुन्।
निर्वाचनमा ६२१ जनाले मतदान गरेका थिए ।