नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आवस्यक पर्ने जनशक्तीका लागि पदपूर्तिको सूचना निकालेको छ। प्राधिकरणले देशभरका विमानस्थलमा चाहिने भन्दै उक्त सूचना निकालेको हो।
आज प्रकाशित उक्त सूचना अनुसार प्राधिकरणले ३८ जना एयर ट्राफिक कन्ट्रोलर(एटिसी) र ३० जना अग्नि नियन्त्रक आवस्यक रहेका छन्।
एटिसीमा आवेदन दिनका लागि विज्ञान, सूचना प्रविधि तथा व्यवस्थापनमा स्नातक उत्तिर्ण गरी ६ महिना तालिम लिएको हुनुपर्छ। नेपालमा यसरी तालिम दिने प्राधिकरणकै तालिमकेन्द्र रहेको छ।
त्यस्तै अग्नि नियन्त्रकका लागि भने एसएलसी उत्तिर्णगरी तालिम लिएको हुनुपर्छ।