पछिल्लो एक वर्षमा सरकारले सार्वजनिक संस्थानमा थप ३४ अर्ब ३४ अर्ब ७४ करोड लगानी गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा यस्ता संस्थानमा करिब ७२ अर्ब लगानी गर्ने योजनासहित सरकारले बजेट विनियोजन गरेको थियो।
विनियोजन गरेको बजेटको तुलनामा ४७ प्रतिशत मात्रै ऋण लगानी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।
त्यस्तै, संस्थानहरूमा सेयर लगानी ६ अर्ब ३९ करोड रूपैयाँ बराबरको गरिएको छ। वैदेशिक सेयर लगानी २१ करोड ६० लाख रूपैयाँ बराबरको भएको छ।
आर्थिक वर्ष २०७९/८० मा ऋण लगानी ३२ अर्ब ६ करोड रूपैयाँ र सेयर लगानी १३ अर्ब २० करोड रूपैयाँ बराबरको गरिएको थियो।
त्यस्तै, वैदेशिक सेयर लगानी भने २१ करोड २९ लाख रूपैयाँ बराबरको भएको थियो।