नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिले अहिलेको बजार समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको प्रतिक्रिया दिएका छन्।
अधिकांश व्यवस्था निर्देशिकाहरूबाट गरिने भए पनि नीतिगत भावना लचिलो र माग बढाउने रहेको उनले बताए।
१२.५ प्रतिशतको कर्जा विस्तार, असल ऋणमा नोक्सानी प्रवधान घटाएको विषय, निर्माण क्षेत्रमा देखिएको समस्या सम्बोधनको प्रयत्न उत्पादनमूलक उद्योगलाई दिएको सुविधा लगायतका विषय राम्रो रहेको उनको भनाइ छ।
उनले सेयर मार्केट तथा घर जग्गा कारोबारलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्ने प्रयत्न गरेको बताए।