गत आर्थिक वर्षमा १.९५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्ति भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार चालु आर्थिक वर्षको राष्ट्रिय लेखामान तथ्यांक सार्वजनिक गर्ने क्रममा गत वर्षको वृद्धिदर प्रक्षेपणभन्दा बढी भएको उल्लेख गरेको हो।
तथ्यांक कार्यालयले आर्थिक वर्षको छ देखि नौ महिनाको वास्तविक आर्थिक क्रियाकलाप र तीन महिना हुने आर्थिक क्रियाकलापको प्रक्षेपण गरेर आर्थिक वृद्धिदरको अनुमान गर्ने गर्छ।
गत वर्ष १.८६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको थियो।
अनुमानको तुलनामा करिब ०.१० प्रतिशतले बढी वृद्धिदर प्राप्ति भएको देखिएको हो।
त्यस्तै चालु वर्षमा ३.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ।