समस्यामा परेका लघुवित्त ऋणीहरूको कर्जामा पुनर्संरचना हुने भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाबाट राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न थालेको हो।
ऋणको पुनर्संरचनाको लागि भने आगामी चैतसम्म निवेदन दिनु पर्नेछ।
परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरूले कर्जा पुनर्संरचना गरिने उल्लेख गरिएको छ।
'२०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरूको कर्जालाई पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिने छ,' समीक्षामा भनिएको छ।
लघुवित्तको ऋणको साँवा ब्याज भुक्तानी गर्न समस्या भएको भन्दै पछिल्लो समय लघुवित्त ऋणीहरू आन्दोलनमा रहेका थिए।
कतिपय व्यक्तिहरूले ऋण नै तिर्न नपर्ने प्रचार गरिरहेका सन्दर्भमा राष्ट्र बैंकले ऋण तिर्नको लागि सहजीकरण गरिदिएको छ।