राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालमा लगानीको वातावरण नभएको भन्ने आरोप निराधार भए यस्तो आरोप लगाउनेलाई क्षतिपूर्ति भराउनु पर्ने बताएका छन्।
संघीय संसदको लेखा समितिमा भएको छलफलमा सांसद झाले यस्तो बताएका हुन्।
उनले भने, 'एउटा संस्थाले नेपालमा लगानी छैन भनेर किन आरोप लगायो, यो आरोप सही हो भने के कारण कसको कारणले यस्तो आरोप लगायो पत्ता लगाउन पर्छ, होइन यस्तो गलत आरोप लगाउनेलाई क्षतिपूर्ति भराउनु पर्छ।'
सांसद झाले एउटा सानो पसललाई १६ वटा कानुनले बाधेर व्यवसाय गर्न अवरोध गर्ने अवस्था रहेपनि ५७ अर्बको करको विषयमा अदालती प्रक्रिया चलिरहँदा पनि कारोबार हुनु राम्रो नभएको बताए।
उनले यो कारोबारलाई स्वीकृति दिन नहुने समेत उल्लेख गरे। उनले निष्पक्ष छानबिन समिति बनाउनु पर्ने र सत्ता पक्षबाट छानविन समिति बनाउन नहुने समेत उल्लेख गरे।