एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन सुरू गरेको जनाएको छ।
एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो। प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले यस विषय अध्ययमा रहेको बताएका छन्।
'प्राधिकरण यस कम्पनीको कागजात संकलनको क्रममा रहेको छ, यसका लागि हामीले पत्राचार गरेको छौँ,' बुधबार अर्थसमितिको बैठकमा खनालले भने।
उनले कागजात संकलन भएपछि प्राधिकरणले अध्ययन गर्ने बताए।
संसद दिपक खड्काले यसअघि पनि कर छलीको घटनाको कारण त्यसयता आफूले एनसेलको सिम प्रयोग अहिलेसम्म प्रयोग नगरेको बताए।
उनले साधारण मानिसले आ–आफ्नो व्यवहार चलाउन घरजग्गा बेच्दा अनवार्य कर तिर्नुपर्ने तर ठूला व्यवसायीले यसरी कर छल्ने परिपाटीलाई निरूत्साहित गर्नुपर्ने बताए।
एनसेलको सेयर कारोकार शंकास्पद भएको भन्दै अहिले संसदीय समितिहरूले चासो देखाएका छन्।
संसदको अर्थसमिति अहिले दूरसञ्चार रोयल्टी र एनसेल कारोबारको विषयमा छलफल गरिरहेको छ। त्यस्तै आजै संसदको सार्वजनिक लेखा समितिले पनि यस विषयमा छलफल गर्दैछ।
प्राधिकरणका अध्यक्ष खनालले नौ वटा सेवा प्रदायकसँग अझै दुई अर्ब २५ करोडभन्दा बढी रोयल्टी उठाउन बाँकी रहेको जानकारी गराएका छन्।