चालु आर्थिक वर्षको साउनमा ८.६४ प्रतिशतको महँगी खेपिरहेका नेपालीहरूलाई चैतमा यो भार थोरै कम भएको छ। चैतमा ७.७६ प्रतिशत महँगी खेप्नुपरेको हो।
राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ। फागुनसम्म भने औसत मूल्य वृद्धिदर ७.९१ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटलबाट प्राप्त सेवामा १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थमा १०.८३ प्रतिशतले मूल्य वृद्धि देखिएको छ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्यमा १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूमा ८.७४ प्रतिशत र शिक्षा सेवाको ८.६७ प्रतिशतले महँगी बढेको छ।
काठमाडौं उपत्यकाका मानिसहरूले ८.५७ प्रतिशतको मूल्य वृद्धि खेपिरहँदा तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत महँगी देखिएको छ।