सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्रोतको चाप रहेको बताएको छ।
अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै स्रोतको चाप रहेको बताएका छन्।
स्रोतको चापलाई हरेर नै बजेट विनियोज गरिने उनले बताएका छन्।
यस्ता छन् प्राथमिकता
- सामाजिक लाभ भएको क्षेत्रलाई प्राथमिकता दिने
- छिटो प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिने
- तयारी पूरा भएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने
- राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव हुन नदिने
- साधारण खर्चलाई कम गर्ने
- अनुगमन प्रणालीलाई सुदृढ गर्ने
- पुँजीगत खर्चको प्रभावकारीता बढाइँने