अर्थमन्त्री डा.प्रकाशशरण महतले वित्त सन्तुलनमा चाप बढेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
अहिले अर्थतन्त्र दबाबमा रहेको उनले बताए।
उत्पादन, व्यापार र निर्माण क्षत्रमा आएको सुस्तताको कारणले न्यून आर्थिक वृद्धि हुने उनले बताएका छन्।
अपेक्षित राजस्व परिचालन हुन नसकेको, सार्वजनिक ऋणको दायित्व बढेको, खर्चको प्रभावकारीता बढ्न नसकेको उनको भनाइ रहेको छ।
साधन स्रोत छरिने गरी बजेट विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यमा खर्च हुने गरेको कारण खर्चको प्रभावकारीता बढ्न नसकेको उनको भनाइ छ।
उनले आगामी आर्थिक वर्षमा दीगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि सरकारको प्राथमकिता रहेको बताए।
लगानी प्रभावकारीता वृद्धि, उत्पादनमुखी अर्थतन्त्रको आधार बनाउने सरकारको सिद्धान्त रहेको उनले बताएका छन्।
डिजिटल इकोनोमलाई प्रवर्द्धन गरिने, निजी क्षेत्रको मनोवल वृद्धि गरिने उनले बताएका छन्। स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति लिइने पनि उनले बताए।