नेपालीको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा ३ डलर मात्रै बढेको छ।
राष्ट्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिव्यक्ति आय १४ सय १० डलर पुगेको छ।
यो अघिल्लो वर्ष १४ सय ७ डलर थियो। मंगलबार डलरको मूल्यलाई आधार मान्दा एक नेपालीको प्रतिव्यक्ति आय एक लाख ८४ हजार ७ सय १० रूपैयाँ हुन्छ।
आर्थिक वर्ष २०७७/७८ मा १२ सय ८४ डलर रहेको प्रतिव्यक्ति आय गत वर्ष १ सय २३ डलरले बढेको थियो।
यो एक अधिकतम धेरै कमाउने र सबैभन्दा न्यून कमाउने बीचको औषत आय हो।