शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टील्सले इटहरी र विराटनगरमा ‘टेक्निकल मिट’ सम्मेलन गरेको छ।
जगदम्बा स्टील्सले एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा सफलता हासिल गरेको अवसरमा जगदम्वा स्टील्सले सो ‘टेक्निकल मिट’ आयोजना गरेको हो।
उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा ‘टेक्निकल मिट’ सम्मेलनको आयोजना गर्दै आइरहेको जनाएको छ।
यस फलामे छडमा सल्फर तथा फोस्फरसको सम्मिश्रण गरिएको छ जसले छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुने कम्पनीको दाबी छ।
राइनो ५००डी फलामे छड ८ एमएम देखि ४० एमएम आकारमा नेपालभर छरिएका विक्रि केन्द्र मार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।