अब दैनिक २५ किलो सुन आयात गर्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ लाई संशोधन गर्दै सुनको कोटा बढाउने निर्णय लिएको हो।
साबिकमा दैनिक २० किलोसम्म सुनको आयात गर्न पाउने प्रावधान छ।
व्यवसायीहरूले सुनको कोटा बढाउनको लागि लामो समयदेखि आग्रह गर्दै आएका थिए। यद्यपि सुनको मूल्य लगातर उच्च दरले बढ्दा आयात भने घटेको छ।
नेपालमा सुनको आयात गर्न वाणिज्य बैंकहरूले मात्रै पाउँछन्।