सामान्यतया हामीले खाने खाजा के हो?
ममः, चाउमिन, रोटी–तरकारी यस्तै–यस्तै त हुन्। कहिलेकाहीँ स्वाद फेर्न मन लाग्यो भने पनि कुन खाना कस्तो हुन्छ र कहाँ पाइन्छ भन्नेबारे हामीमध्ये धेरैलाई थाहा हुँदैन।
त्यसैले हामी नयाँ स्वादको खाजा खोज्दै पुग्यौं कपन, दुर्गामन्दिर नजिकैको 'जिंको रेस्टुरेन्ट'।
नेवारी, मेक्सिकन, इटालियन लगयत मिक्स कन्टिनेन्टल परिकार पाइने यो रेस्टुरेन्ट गोपीकृष्ण हलबाट ठ्याक्कै डेढ किलोमिटर भित्र पर्छ।
सात वर्ष माल्दिभ्स र कतारमा सेफका रूपमा काम गरेका पुष्कर श्रेष्ठले खोलेका हुन् यो रेस्टुरेन्ट।
यहाँ हामीले नेवारी खाजा सेट र मेक्सिकन परिकार चिकेन फजिताज, चिकेन टाकोज र नाचोस परिकारको मज्जा लियौं।
सेफ पुष्करले हामीलाई यी खानाका विशेषताबारे पनि बताए। थप जान्न हेर्नुस् है भिडिओ ब्लग।