ताम्राकारले ल्याएको चाडपर्वको उपहार योजनाअन्तर्गत बुद्धनगरका रमेश तण्डुकारले स्कुटर पाएका छन्।
तण्डुकारले ताम्राकार कम्प्लेक्समा १७ हजार रुपैयाँको लेनेभो मोटोरोला फोन खरिद गरेका थिए। बम्पर उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए।
ताम्राकारको दसैँ तिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल पाएका छन्। ६५ वटा पावर बैंक, ५० भन्दा बढी ब्लुतुथ वितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए।
मेला सफल बनेको बताउँदै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुबीच ताम्राकार मोबाइल बजारले अझ बिश्वास बढाएको बताए।