एनएमबिले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको नाफा डेढ अर्ब नाघेको छ। बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आवमा बैंकको खुद नाफा १ अर्ब ११ करोड थियो।
बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड पुगेको छ। गत आवको नाफाबाट बोनस दिएर बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने छ। ४ अर्ब २६ करोडको जगेडा कोष रहेकाले उसले राम्रो बोनस दिने अपेक्षा लगानीकर्ताको छ।
बैंकको खुद व्याजवापतको आम्दानी २ अर्ब ७८ करोड रहेको छ। बैंकको निश्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेको छ। अघिल्लो आवमा यो दर १ दशमलव ८१ थियो। बैंकको सिसिडी रेसियो ७४. ९ प्रतिशत पुगेको छ।
यसले बैंकमा लगानीका लागि रकमको अभाव टड्कारो नरहेको जनाउँछ। बैंकहरुले ८० प्रतिशतसम्म यस्तो अनुपात कायम गर्न सक्नेछन्। बैंकले वार्षिकीकरण प्रतिसेयर आम्दानी २७ रुपैयाँ देखाएको छ।
यस हिसावमा मूल्य आम्दानी अनुपात १९ छ। बुधबारसम्म उसको बजारमा सेयर मूल्य प्रतिकित्ता ५४१ रुपैयाँ छ।