हिमालयन डिस्टिलरी लिमिटेडले सेयरधनीहरूका लागि २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समिति बैठकले करसहित ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
साथै, कम्पनीले वार्षिक साधारणसभा कात्तिक ३० गते पर्सास्थित रजिस्टर्ड कार्यालयमा आयोजना गर्ने जनाएको छ।
साधारणसभाका लागि कात्तिक २० गते बुक क्लोज गरिनेछ। कात्तिक १९ गतेसम्म सेयर होल्ड गरेका वा खरिद गरेकाले लाभांश पाउने छन्।