ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले कर प्रयोजनार्थ सहितको नगद लाभांश वितरण गर्ने बताएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।