कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८०–८१ को खुद मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश भने छुट्याएको छैन।
उक्त प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी १३औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।