लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले मंसिर १६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रूपैयाँको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
जसअनुसार कम्पनीले एक सेयर बराबर नयाँ ०.५० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले ७५ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको छ। यस अनुसार कात्तिक २० गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
उक्त हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर, लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।