बलेफी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर प्रयोजनको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ।
कम्पनीले कात्तिक २१ गतेको लागि बुक क्लोज मिति तोकेको छ। बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर स्वामित्व हुनेले हकप्रद भर्न पाउँछ।
कम्पनीले एक बराबर एक अनुपातमा हकपद सेयर जारी गर्ने भएको हो। एक सय कित्ता सेयर हुनेले त्यतिकै कित्ता सेयरको लागि आवेदन दिन पाउँछन्।
कम्पनीले हकप्रद निष्कासन मिति सार्वजनिक गरिसकेको छैन।