बलेफी हाइड्रोपवर कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ।
धितोपत्र बोर्डले कम्पनीलाई आइतबार हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ।
हाल एक अर्ब ८२ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद सेयर निष्कासन पछि चुक्ता पुँजी तीन अर्ब ६४ करोड रूपैयाँ पुग्ने भएको छ।
कम्पनी गत आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड नोक्सनमा छ भने कम्पनीको सञ्चिति नोक्सानी ८५ करोड ५४ लाख रूपैयाँ छ।