भारतीय सेयर बजारको नियामक सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी)ले उद्योगी अनिल अम्बानी सहित रिलायन्स होम्स फाइनान्स लिमिटेडका अन्य २४ जना अधिकारीलाई पाँच वर्षसम्म पुँजी बजारमा कारोबार गर्न रोक लगाएको छ।
सेबीले अनिल अम्बानीलाई २५ करोड भारु जरिवाना समेत लगाएको छ।
अम्बानीलाई पाँच वर्षसम्म सेयर बजारमा सूचीकृत कुनै पनि संस्थाको सञ्चालक समितिमा बस्न वा महत्त्वपूर्ण पदमा रहन नपाउने व्यवस्था गरिएको छ।
रिलायन्स होम्स फाइनान्स लिमिटेडको पनि ६ महिनासम्म सेयर बजारमा कारोबारमा रोक लगाइएको छ भने कम्पनीलाई ६ लाख रूपैयाँ जरिवाना समेत गरिएको छ।
अम्बानी र उनी संलग्नहरूले रिलायन्स होम्स फाइनान्स लिमिटेडबाट अनाधिकृत रूपमा ऋणको नाममा रकम दिइएको भन्दै कारबाही गरिएको हो।
आर्थिक वर्ष २०१८/१९ मा सेबीले गरेको अनुसन्धानले यसरी रकम ऋणको रूपमा सारेको पाइएको हो।
रिलायन्स होम्स फाइनान्स लिमिटेडका संस्थापकहरू जोडिएका संस्थाहरूमा ऋण लगानी भएको र यस्तो ऋण भुक्तानीमा समेत समस्या देखिएको थियो।