नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले राज्यले अर्थतन्त्र सुदृढ गर्न खोजेको भए पनि गम्भीर भएर नलागेको बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको 'सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो पूर्वाधार' विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन्।
नीतिगत व्यवधान समाधान हुनुपर्ने उनको भनाइ छ।
'पुराना ऐन नियम बाधक छ। यिनमा संशोधन हुनु पर्नेछ। यो वा त्यो बाहानामा अनावश्यक नियमन गरिन लागिएको छ,' उनले भने, 'पछिल्लो समय निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान विभागको दायरामा ल्याउन खोजिएको छ। जबकी एक दर्जनभन्दा धेरै नियामक छन्।'
उनले नीतिगत स्थिरता आवश्यक रहेको समेत बताए।