बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५८ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २० पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ ९१ पैसा र बिक्रीमा १४९ रूपैयाँ ५८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ २९ पैसा र बिक्रीमा ९० रूपैयाँ ६९ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९८ रूपैयाँ ९४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रूपैयाँ ६० पैसा र बिक्रीदर १७५ रूपैयाँ ३८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ५९ पैसा र बिक्रीमा ३० रूपैयाँ ७३ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३२ पैसा र बिक्रीमा ४४० रूपैयाँ २८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १२ पैसा तोकिएको छ।