लुम्बिनी प्रदेशका भैरहवा स्थित रेन्बो आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवा अन्तर्गत 'रोड टु आइपिओ' योजना सम्बन्धी सम्झौता गरेको छ।
शुक्रबार यस सम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गरे।
एलिट क्यापिटलले 'रोड टु आइपिओ' योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पुँजी वृद्धी र व्यवसायिक प्रवर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ।
रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत वृद्धी गरी पब्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ।
एलिटले रेन्बोलाई चुक्ता पुँजी वृद्धि, व्यवसाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ।
यसबाहेक आइपिओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ।
हाल १० करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजी वृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन सुरू गरिँदैछ।
यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ। पुँजी वृद्धिपछि यस कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भई आइपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. ध्रुब भट्टराईले जानकारी दिए।
रुपन्देहीको तिलोत्तमामा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० युपी र ७० युपीका सोफी, स्मुच, इडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाइस, टकिला लगायत २ दर्जन आधुनिक मदिरा उत्पादन गरिरहेको छ।
हालसम्म नेपालको सेयर बजारमा मदिराजन्य उद्योग एउटा मात्र सूचीकृत भएको छ। त्यसैले मुनाफाजन्य उद्योगको रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पब्लिक कम्पनी बनाई आइपिओ जारी गर्न लागिएको कम्पनीका सञ्चालक प्रकाश भुषालले जानकारी दिए।