केही वर्षअघि धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूले समेत एजेन्ट राखेर सोही एजेन्टमार्फत् सेयर कारोबार गराउन सकिने भन्दै प्रतिवेदन तयार गरेको थियो।
बैंकलाई ब्रोकर लाइसेन्स नदिएर ब्रोकरले समेत एजेन्ट राखेर कारोबार गराउन सक्ने व्यवस्था हुन लागेको भन्दै यसको विरोध भएको थियो।
धितोपत्र बोर्डले ऐनमा रहेको आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्थाकै आधारमा ब्रोकरले एजेन्ट नियुक्त गर्न सक्ने व्याख्या गर्दै आएको थियो। वि.सं २०७७ मा बोर्डले यसको लागि तयारी अगाडि बढाउन लागेको थियो।
तर, अब धितोपत्र ऐनबाट आधिकारी प्रतिनिधिसम्बन्धी व्यवस्था नै हटाइने भएको छ।
हालै संघीय संसदको प्रतिनिधि सभामा संशोधनको लागि दर्ता भएको धितोपत्र ऐनमा यस्तो व्यवस्था गर्न लागिएको हो।
तुलनात्मक रूपमा जोखिम मानिने सेयर बजारमा ब्रोकरको ऐजेन्टमार्फत् समेत कारोबार गर्न सकिने व्यवस्था गर्न नहुनेमा धेरैको जोड थियो।