धितोपत्र बोर्डको अध्यक्ष भइसकेको व्यक्तिले पदबाट हटेको कम्तीमा दुई वर्षसम्म अनुमति प्राप्त संस्थाको कुनै पनि पदाधिकारीको हैसियतमा काम गर्न नपाउने भएका छन्।
हालै संघीय संसदको प्रतिनिधि सभामा संशोधनको लागि दर्ता भएको धितोपत्र ऐनमा यस्तो व्यवस्था गर्न लागिएको हो।
त्यस्तै, बोर्डको प्रथम श्रेणी वा सो माथिको अधिकृतका कर्मचारीले पनि अवकाश पाएको दुई वर्षसम्म यसरी काम गर्न नपाउने भएका हुन्।