म्युचुअल फण्ड र सुरक्षित ऋणपत्र जारी गर्ने संस्थाले लगानीकर्ताको हित संरक्षणको लागि तीन जना ट्रष्टी नियुक्त गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ।
हालै संघीय संसदको प्रतिनिधि सभामा संशोधनको लागि दर्ता भएको धितोपत्र ऐनमा यस्तो व्यवस्था गर्न लागिएको हो।
आवश्यक अनुगमन र सुपरीवेक्षण गर्न सक्ने गरेर ट्रष्टी नियुक्त गर्नुपर्ने भएको हो। एक जना कानुन क्षेत्रको प्रतिनिधित्व हुने गरेर कम्तीमा तीनदेखि पाँच जना नियुक्त गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो।
अर्थशास्त्र, वित्त शास्त्र, कानुन, लेखा व्यवस्थापन वा पुँजी बजार विषयमा स्नाकोत्तर हासिल गरेको र ३५ वर्ष उमेर पूरा भएको व्यक्तिलाई यसरी ट्रष्टी नियुक्त गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो।