एसियन लाइफ इन्सुरेन्सले बोनस सेयर बितरण गर्ने भएको छ।
सोमबार बसेको संचालक समितिको बैठकले शेयर धनिहरुलाइ आ.ब २०७३/०७४को मुनाफाबाट विद्यमान चुक्ता पूँजीको १२ प्रतिशतले ९ करोड ६५ लाख ७१ हजार १ सय ८८ रुपैयाँ र ८० पैसा बराबरकोे बोनस शेयर दिने प्रस्ताब गरेको छ।
कर प्रयोजनको लागि ०.६३ प्रतिशतले ५० लाख ८७ हजार ९ सय ५७ रुपैयाँ र ३१ पैसा नगद लाभांश दिने प्रस्ताब पनि गरिएको इन्सुरेन्सल जनाएको छ।
उक्त प्रस्ताब नियामक निकाय विमा समितिबाट कम्पनीको यस आ.ब २०७३/०७४को वित्तिय विवरणहरु स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिने इन्सुरेन्स कम्पनीले जनाएको छ।
केहि दिन यता यस कम्पनीको शेयर कारोबार बढेको छ।