नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापना कालको ३२औं वर्ष पुरा गरेको छ। आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ।
५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको इन्भेष्टमेण्ट बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ।
बैंकले आर्थिक वर्ष २०७३÷७४ मा ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा.३ अर्ब ११ करोड रहेकोे थियो।
गत आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड भन्दा बढी भइ निजी बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैक बनेको छ भने २०७३–७४ को अन्त्यमा बैंकको शेयरधनी कोषमा १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको जनाएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ सय ३० अर्ब निक्षेप संकलन गरी १ सय १४ अर्ब कर्जा लगानी गरेको छ।
यस अवधिसम्ममा बैंकले १ अर्ब ८३ करोड खुद नाफा गर्न सफल भएको जनाएको छ। दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ।
यसका साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ।