सेयर बजारको परिसुचक नेप्से आइतबार १२ अंकले घटेको छ।
बजार १३७४ अंकमा कायम हुँदा १४६ कम्पनीको २९ करोड १८ लाख रुपैयाँ बराबरकोे शेयर कारोबार भयो। अाज होटल बाहेकका सबै उपसुचकहरु घटेका छन्।
बैंकिङ १३, बिकास बैंक १०, जलबिद्युत १५, फाइनान्स २, विमा ४५, उत्पादन ५, अन्य ३ र माइक्रोफाइनान्स १३ अंकले घटेका छन्।
राष्ट्रिय विमा कम्पनी लिमीटेडको प्रमोटर सेयरको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको ५ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
३ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको राष्ट्रिय विमा कम्पनी पनि कारोबारको हिसाबले अगाडि रह्यो।
सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबै भन्दा धेरै २ प्रतिशत कमाए। स्वदेशी लघुवित्त वित्तिय संस्थाको मुल्य १ प्रतिशतले बढेको छ।
सुर्यालाइफ इन्सुरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत गुमाए। तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३ प्रतिशत गुमाएर गुमाउनेमा अग्रस्थानमा रहे।