लक्ष्मी बैंकले सुनसरीको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको छ। यस अवसरमा भोक्राहामा प्रहरी चौकी निर्माणको लागि बैंकले ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको बैंकले जनाएको छ।
सोे शाखाको उद्घाटनमा समारोहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई सो रकमको चेकप्रदान गरे।
उक्त समारोहमा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघका प्रतिनिधि तथा जनसमुदायको उपस्थिती रहेको बैंकले जानकारी दिएको छ।
गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिना भित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना प्रस्तुत गरेको बैंकले जनाएको छ।