सेयर बजारको परिसूचक नेप्से बिहीबार एक अंक मुनि रातोमा रह्यो। परिसूचक रातोमा रहेपनि कारोबार भने १४ करोडले बढेको छ।
०.१ अंकले नेप्से घटेर १३८६ अंकमा कायम भएको छ। यस दिन १५७ कम्पनीको ४२ करोड ५० लाख रुपैैयाँको सेयर किनबेच भयो।
अघिल्लो दिन २८ करोडको कारोबार भएको थियो। दिनभरको कारोबारमा नेप्से परिसुचक १३९५ अंकसम्म पुगेको थियो। अन्तिम ४० मिनेटमा बजार घटेपछि अन्तः नेप्से रातो रहन पुग्यो।
बजारको पुँजीकरण १६ खर्ब २२ अर्ब कायम भएको छ। बैकिङ, होटल, जलविद्युत, बिमा, माइक्रोफाइनान्स उपसुचक रातो अंकमा रहे।
बैंकिङ ०.४, होटल ९.९, जलविद्युत ३.१, बिमा ३४.६ तथा माइक्रोफाइनान्स ४.४ अंकले घटे। विकास बैंक ३, उत्पादन ४१, अन्य ५ अंकले बढ्दा फाइनान्सको वृद्धिदर १ अंक मुनि रह्यो।
नेपाल लाइफ इन्सुरेन्सको संस्थापक तर्फको सबै भन्दा धेरै रकमको कारोबार भयो। उसको साढे ५ करोडको सेयर किनबेच भयो। ओम डेभलपमेन्ट, सेन्चुरी कमर्सीयल बैंकको ३ करोड बढीको कारोबार भयो।
यस दिन बोटलर्स तराईका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत मूल्य कमाए। पोखरा फाइनान्सको मूल्य पनि ४ प्रतिशतले नै बढ्यो। नागबेली लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै ३.८ प्रतिशत गुमाए।
यसैबीच सिद्धार्थ बैंकको चैत ४ गते हुने साधारणसभाको लागि फागुन २० गते बुक क्लोज हुने भएको छ।