सिभिल बैंकले बचतमै १० प्रतिशत व्याजदर दिनेगरी ‘सगरमाथा बचत खाता’ योजना ल्याएको छ। वाणिज्य बैंकहरुले बचतमा दिने व्याजदरमध्ये यो सबैभन्दा धेरै हो।
न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा पाउने छन्।
त्यस्तै लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छूटका साथै पाँच लाखसम्मको दुर्घटना (मृत्यु/अपाङ्गताको निःशुल्क ) बीमाको ब्यवस्था गरिएको बैंकले जनाएको छ।
विद्यमान अवस्थामा एउटा खातामा दिइएको धेरै सुविधा तथा उच्च व्याजदरबाट ग्राहकले लाभ लिन सक्ने बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए।