नेपाल बैंकले कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको राजस्व संकलन सेवा उपलव्ध हुने बैकको यो १० औं काउन्टरको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य अभिषेकप्रसाद साहले दीप प्रज्वलन गरी समुद्घाटन गरे।
सो अवसरमा प्रमुख अतिथि साहले भन्सार परिसरमा बैंकको काउन्टर स्थापनाबाट स्थानीय व्यापारी र भन्सार कार्यालय दुबैलाई सहज सेवा उपलव्ध हुने बताए।
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर रहेको यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड छ। बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा १ अर्ब ६३ करोड ८५ लाख खुद मुनाफा आर्जन गरेको छ। हाल आफ्ना ग्राहकलाई मोवाईल बैकिंग, कार्ड, आस्वा, डिम्याट, आईपिएस, इन्टरनेट बैकिङ, युटिलिटी विल पेमेन्ट, लकर सुविधा लगायतका सेवाहरु उपलव्ध गराउंदै आएको छ।
बैंक परिसरबाट बाहिर निस्कने हरेक ग्राहकको मुहारमा प्रशन्नता झल्किने किसिमको सेवा प्रवाह गर्ने उद्धेश्यले बैंकले स्मार्ट ब्रान्चको अवधारणा कार्यान्वयनमा ल्याउँदैछ। प्रथम चरणमा २५ शाखाबाट आरम्भ गरिने स्मार्ट ब्रान्च सेवा क्रमिक रुपमा सबै शाखा र कार्यालयमा विस्तार गर्दै लगिने बैंकले जनाएको छ।
मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३४ शाखा १० एक्सटेन्सन काउन्टर र ५३ वटा एटिएम आउटलेट मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पु¥याईरहेको यस बैकले थप २५ स्थानमा छिटै शाखाहरु स्थापना गर्दैछ।