सिटिजन लाइफ इन्स्योरेन्सले बुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयूक्त रुपमा शाखाको उदघाटन गरे।
उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने कम्पनीको विश्वास छ। हाल उसले अधिराज्यभर ३४ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ। कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।